काठमाडौं महानगरद्धारा करको नयाँ दर, अब व्यवसाय गर्न महँगो पर्ने


 



काठमाडौं, साउन २

काठमाडौं महानगरपालिकाभित्र व्यवसाय गर्न साउनदेखि महँगो पर्ने भएको छ । महानगरपालिकाले आर्थिक वर्ष ०७४–७५ का लागि करका दरहरु सार्वजनिक गर्दै सबैखाले व्यवसायमा करका नयाँ दरहरु निर्धारण गरेको छ ।

महानगरले सार्वजनिक गरेका दररेट अनुसार हलुवाई पसल, धागो, साइकल वर्कशप, तरकारी पसल, फलफूल व्यवसाय गर्न वार्षिक ५ सय रुपैयाँ कर तिर्नुपर्नेछ । आजको कारोबार दैनिकमा खबर छ ।

महानगरले काठमाडौंमा हुने सबै प्रकारका व्यवसायमा कर लगाउँदै पत्रिका पसल र डोरीलाई वर्षको १ हजार तथा पान पसलबाट १५ सय रुपैयाँ कर निर्धारण गरेको छ । तर, डिपार्टमेन्टल स्टोर, कम्प्लेक्स सेन्टर र बिजनेस मार्टलाई सबैभन्दा बढी एक लाख रुपैयाँ कर लाग्नेछ ।

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्