अझै छाडेनन् पूर्वमन्त्रीले सरकारी क्वार्टर


 


काठमाडौं, साउन २

गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् ।

मन्त्रीबाट हटेपछि उनी बसेको ‘भी फाइब’ को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफै लिएर हिँडेका छन् । नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री मन्त्री क्वार्टरबाट आफ्नो सामान सारेका छैनन् ।

मन्त्रीबाट हटेको दुई–तीन दिनभित्रै आफ्नो सामान सारेर वार्टरको साँचो बुझाउनु पर्ने भए पनि मन्त्रीबाट हटेको ४० दिन बितिसक्दा समेत पूर्वपर्यटनमन्त्री देवले मन्त्री क्वार्टर नछाडेको हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्