प्रधानन्यायाधीशमा पराजुलीको नाम अनुमोदन


 



काठमाडौं, साउन १
प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरिएको छ । आइतबार विहान संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायाधीशका लागि पराजुलीको नाम सर्बसम्मतीले अनुमोदन गरेको हो ।

पराजुलीविरुद्ध समितिमा कुनैपनि उजुरी परेको थिएन । प्रधानन्यायाधीशमा नाम अनुमोदनपछि बाेल्दै पराजुलीले मुस्कानसहितको सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्