निर्वाचन आयोगमा राजपासहित पाँच नयाँ दल दर्ता, कुन–कुन हुन् ?


 



काठमाडौं, साउन १
गठन भएको लामो समयपछि राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई एकीकृत पार्टीको मान्यता प्रदान गरेको छ।

राजपासंगै अन्य पाँच नयाँ पार्टी पनि दर्ता भएका छन् । आयोगमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसहित संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली शान्ति क्षेत्र परिषद, दलित मुस्लिम जनशक्ति पार्टी र नेपाली कांग्रेस (बिपी) दर्ता भएका छन् ।

आयोगकाअनुसार नयाँ दर्ता भएका ६ दलसहित निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १ सय ३० पुगेको छ।

संविधान जारी हुँदा देखि नै संविधानको विरोधमा तराईरमधेसमा आन्दोलन गरिरहेका तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकको एकीकरणबाट राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्