१० लाखभन्दा बढी नगदको कारोवार बन्द


 


काठमाडौं, साउन १

तपाई कुनै ठूलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगमा गर्न पाईदैन । १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् ।

नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण एैन २०६४ अनुसार कारवाही हुन सक्छ ।

‘१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ प्रणालीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौं’, सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने -अर्थ मन्त्रालय र राष्ट बैंकले छलफल गरी यसबारे राजपत्रमा सूचना प्रकाशित कानुन सरह बनाईसकेकाले कारवाही हुनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्