मन्त्रालय बाँडफाँड सकियो, दुई दिन भित्रै मन्त्रिमण्डल विस्तार : लेखक


 



काठमाडौं, असार ३१

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता लेखकले दोस्रो चरणको स्थानीय तहको निर्वाचनले केही ढिलाई भएपनि अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने दाबी गरे । ‘मन्त्रालय बाँडफाडको काम करिब–करिब सकिएको छ’ उनले भने, ‘अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ ।’

नेता लेखकले शनिबार साँझसम्म केही न केही टुंगो लाग्न सक्ने अनुमान गरे । उनले सरकारमा सहभागिता गराउनेबारे राप्रपा र संघीय समाजवादी फोरम नेपालसँग पनि कुराकानी भइरहेको जानकारी दिए ।

सोही अवसरमा बोल्दै नेता लेखकले राजपा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास दिलाएका छन् । उनले चुनावमा सहमागिता जनाउनकै लागि राजपा निर्वाचन आयोगमा दर्ता भएको बताए ।

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्