धनगढीमा आजदेखि शैक्षिक मेला सुरु


 



धनगढी, असार ३१
कैलालीको धनगढीमा आज देखि राष्ट्रिय शैक्षिक मेला सुरु हुँदैछ । यस क्षेत्रका स्थानीयलाई विदेशी तथा स्वदेशी शिक्षाको बारेमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो ।

बिजनेश प्लस टेलिभिजन, माउन्टेन टेलिभजन र भक्ति दर्शन टेलिभिजनको संयुक्त आयोजनामा हुन लागेको मेलामा शैक्षिक विषयमा बृहत अन्तरक्रिया गरिने जनाइएको छ ।

मुलुक संघीयतामा गइसकेकाले अब बन्ने शिक्षा नीति कस्तो प्रकारको हुने विषयमा शैक्षिकविद सहितको सहभागितामा व्यापक छलफल गरिने मेलाका कार्यकारी निर्देशक डम्मर शाहुले बताए । उनले छलफलमा नेपाल सरकार, शिक्षा मन्त्रालय, विज्ञ, शिक्षा क्षेत्रका नीति निर्माता लगायतको सहभागिता रहने उल्लेख गरे ।

असार ३१ र साउन १ गते गरी दुई दिनसम्म सञ्चालन हुने मेलामा विश्व विद्यालय तथा विभिन्न कलेजहरुका गरी ३० वटा स्टल रहने जनाइएको छ । मेलालाई करिब पाँच हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्