वैदेशिक रोजगार व्यवसायी संघमा एमाले–माओबादी गठबन्धन विजयी


 



काठमाडौं, असार ३१
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले–माओवादी केन्द्र गठबन्धनका ब्यवसायीहरूको समूह विजयी भएको छ ।
गठबन्धनका रोहन गुरुङले कांग्रेस निकट समूहका अध्यक्षका प्रत्यासी बिमल ढकाललाई ९३ मतले पराजित गरे । शनिबार बिहान सार्वजनिक नतिजाअनुसार गुरुङले ४३४ मत पाए भने ढकालले ३४१ मत पाए ।

कांग्रेस र मधेसी केन्द्रित दलहरू निकट व्यवसायीहरूबीच गठबन्धन भएको थियो । प्रगतिशील समूहबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिव नरेश गेलाल, सचिव ईश्वर जिसी बिजयी भएका छन् ।

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्