गाउँमा पाइने सेवा चुनावपछि सदरमुकाम सर्यो


 



काठमाडौं, असार ३१

स्थानीय तह निर्वाचनमा गाउँगाउँमा सिंहदरबार खुबै चलेको नारा बन्यो । राजनीतिक दलहरु यही नारा लगाएर प्रतिष्पर्धामा उत्रिए । चुनाव पनि जिते ।

तर, रुकुममा भने यो नारा यतिबेला ठीक उल्टो भएको छ । अर्थात् गाउँमै पाइने सेवा सदरमुकाममा सरेको छ । विगतका वर्षमा आफ्नै साविकका गाविस कार्यालयमै विद्युत्त महसुल बुझाइरहेका रुकुमका सेवाग्राहीले स्थानीय तह निर्वाचनपछि ३० रुपैयाँ विद्युत्त महसुल तिर्न ३ सय रुपैयाँ गाडी भाडा तिरेर सदरमुकाम धाउनु परेको छ । राजधानी दैनिकमा खबर छ ।

केन्द्रीय प्रसारण लाइनले मुसिकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र सिस्ने गाउँपालिकाका केही भाग छोएको छ । मुसिकोट नगरपालिकाबाहेक जनता यतिबेला एक दिन हिँडेर (गाडीमा ५ घन्टा) विजुली महसुल तिर्न सदरमुकाम धाइरहेका छन् ।

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्