सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज ?


 



काठमाडौं, असार ३०
नेपाली बजारमा शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । शुक्रबार सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी ७ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्