दिवंगत कांग्रेस नेता जोशीको आजै अन्त्यष्टि गरिने


 



काठमाडौं, असार ३०
दिवंगत कांग्रेस नेता रामहरि जोशीको आजै अन्तिम दाहसंस्कार गरिने भएको छ । अन्त्यष्टि गरिनुअघि उनको पार्थिव शरीर श्रदाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

१० बजेपछि भने उनको शवलाई पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जोशीको बिहीबार साँझ उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि दम र निमोनियाबाट पीडित थिए ।

बिसं. १९८३ मा सर्लाही जिल्लामा जन्मिएका जोशी आजीवन पार्टी र प्रजातन्त्रका लागि लडेका थिए । नौ वर्ष जेल जीवन बिताएका उनी २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत बनेका थिए ।

प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्