म्यादीमा असफल भएकी तुलसी उपप्रमुखमा सफल


 


काठमाडौं, असार ३०

स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्यूठानकी तुलसी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उनी म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भरिन् । स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित परीक्षामा समेत उनी उत्तीर्ण भइन् ।

धेरै खुड्किला पार गरेपछि म्यादी प्रहरी बन्ने आत्मबल उनमा बढेको थियो । तर, बिडम्बना अन्तर्वार्ता पछि उनी अन्तिम छनोटमा परिनन् । आफूमात्रै नभएर उनीसँगै गएका साथीसमेत छनोट हुन सकेनन् ।
म्यादी प्रहरी बन्ने सपना पूरा नभएपछि उनी गाउँ फर्किइन् । गाउँमा स्थानीय चुनावको रौतक बढ्दै थियो । कांग्रेसमा आवद्ध सुनारलाई पार्टीले गौमुखी गाउँपालिका उपप्रमुख पदमा उठ्न प्रस्ताव गर्यो ।

उनले प्रस्ताव सहजै स्वीकारिन् । टिकट पाएपछि उनी चुनावी प्रचार–प्रसारमा व्यस्त भइन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जिल्लाकै दुर्गम गौमुखी गाउँपालिकामा दुईजना प्रतिष्पर्धीलाई उछिन्दै उपप्रमुख पदमा भारी मतले विजयी भर्इन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्