राप्रपा नेता राणाले यसरी खोले पोल, पार्टी भित्रै मतभेद


 



काठमाडौं, असार २९
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले संविधान संशोधनबारे आफ्नो पार्टीमा मतभेद भएको स्वीकार गरेका छन् ।

उनले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा पाटीभित्र कुन मिल्न नसकेको बताए । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले पार्टी संविधान संशोधनको पक्षमा उभिएपनि त्यसभित्रका केही नेताहरु विपक्षमा रहेको खुलाए ।

उनले आफूले पटक–पटक मधेशको माग सम्बोधन गरेर जान संविधान संशोधन गर्नुपर्ने अडान लिँदै आएको भएपनि सफल हुन नसकेको प्रष्ट पारे । तर, उनले पार्टीभित्र सहमती हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा बोल्ने राणाले आफ्नो पार्टी सरकारमा जान इच्छुक रहेको बताएका छन् । तर, उनले त्यसका लागि केही समय लाग्ने बताए ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्