सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त


 



काठमाडौं, असार २९
सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । विहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो ।

मुख्य सचिव सुबेदीले आफू मनिला गएपछि निमित्त मुख्यसचिवका जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदका बरिष्ठ सचिव केदारबहादुर अधिकारीलाई दिएका थिए ।

को हुन् क्षेत्री ?
मुख्यसचिवमा नियुक्ति क्षेत्री सहकारी तथा गरिबी निवारणमा कार्यरत वरिष्ठ सचिव हुन् । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए ।

तर, प्रशासन समूहका कर्मचारीको व्यापक विरोध र लोकसेवा आयोगको असहमतिका बीच पनि उनी एमाले नेतृत्वको आडमा कानुन समूहबाट प्रशासनमा आउन सफल भएका थिए ।

यदि मुख्यसचिव सोमलाल सुवेदीले राजीनामा दिएर गएको भए उनी मुख्य सचिव हुन पाउने थिएनन् । किनकी वरिष्ठका आधारमा धनबहादुर तामाङ अगाडि हुन्थे ।

तर, सुवेदी राजीनामा नदिई काजमा गएपछि तामाङले अवकास पाएका छन् ।क्षेत्रीको कार्यकाल ५८ वर्षे उमेर हदका कारण कात्तिक ८ गतेसम्म मात्रै हुनेछ ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्