पोखरीमा डुबेर दुई बालकको मृत्यु


 


बर्दिया, असार २९
बर्दियाको बढैयाताल गाउँपालिका–३ जोडीपिपलमा पोखरीमा डुबेर बुधबार २ बालकको ज्यान गएको छ ।

पोखरीमा डुबेर स्थानीय कालुसिंह महराका १२ वर्षीय छोरा राजेश महरा र रामसिंह महराका १० वर्षीय छोरा पवन महराको ज्यान गएको हो ।

घर नजिकै रहेको पोखरी तर्ने क्रममा डुवेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक श्यामजंग शाहले जानकारी दिए ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्