राजपाको संयोजक यसरी फेरिँदैछन् दुई–दुई महिनामा, १३४ पदाधिकारी हुने


 



काठमाडौं, असार २९
६ वटा मधेसकेन्द्रित दल मिलेर बनेको राजपामा हरेक दुई महिनामा अध्यक्ष फेरिने भएका छन् । राजपाले निर्वाचन आयोगमा बुझाएको विधानअनुसार हरेक दुई महिनामा अध्यक्षमण्डलको संयोजक चयन हुने उल्लेख छ ।

‘अध्यक्षमण्डलका अध्यक्षहरूले आफूहरूमध्येबाट चक्रीय प्रणालीका आधारमा दुई–दुई महिनामा एकजना संयोजक चयन गर्नेछन् । उक्त कार्यकालमा संयोजकले बैठकको अध्यक्षता एवं निर्णयको प्रमाणीकरण लगायत पार्टीसँग सम्बन्धित कार्यहरू गर्नेछन् ।’ विधानमा भनिएको छ । अध्यक्षमण्डलको बैठक भने महिनामा दुईपटक बस्ने व्यवस्था विधानमा छ । अाजको नयाँ पत्रिकामा खबर छ ।
अहिले संयोजक राजेन्द्र महतो छन् । १९ वैशाखदेखि १९ असारसम्म महन्थ ठाकुरले संयोजन गरेका थिए । महासचिव केशव झाका अनुसार १९ असारदेखि १९ भदौसम्म राजेन्द्र महतोले नेतृत्व गर्नेछन् । त्यसपछि १९ भदौदेखि १९ कात्तिकसम्म महेन्द्र राय यादव, १९ कात्तिकदेखि १९ पुससम्म शरत्सिंह भण्डारी, १९ पुसबाट १९ फागुनसम्म अनिल झा र १९ फागुनदेखि १९ वैशाखसम्म राजकिशोर यादव संयोजक बन्नेछन् ।

८ सय १५ केन्द्रीय सदस्य, १ सय ३४ पदाधिकारी, २५ महासचिव 

निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेको राजपामा ८ सय १५ केन्द्रीय सदस्य रहने गरी नेताहरूको नागरिकता बुझाइएको छ । दल दर्ताका लागि राजपा नेताहरू बुधबार निर्वाचन आयोगमा पुगेका थिए । राजपाले १ सय ३४ पदाधिकारी चयन गरेको छ । महासचिव मनीष सुमनले दिएको जानकारीअनुसार २ सय पदाधिकारी रहेको दलमा २५ महासचिव हुनेछन् ।अध्यक्षता एवं निर्णयको प्रमाणीकरण लगायत पार्टीसँग सम्बन्धित कार्यहरू गर्नेछन् ।’ विधानमा भनिएको छ । अध्यक्षमण्डलको बैठक भने महिनामा दुईपटक बस्ने व्यवस्था विधानमा छ ।

शक्तिशाली अध्यक्षमण्डल
गठित समितिका पदाधिकारी र सदस्यहरूले केन्द्रीय अध्यक्षमण्डलद्वारा सुम्पिएको जिम्मेवारी पालन गर्ने ।

पार्टी विस्तार, विलय, एकीकरण, पार्टीको नाम परिवर्तन, चुनाव चिह्न परिवर्तन, पार्टीको छाप तथा झन्डा परिवर्तन, समावेश वा यस्तै अन्य निर्णय लिनुपर्ने विशेष आवश्यकता परेमा केन्द्रीय अध्यक्षमण्डलको निर्णयले गर्ने ।

संगठनको कुनै निकायमा हुने कुनै किसिमको त्रुटि भएमा वा समस्या उत्पन्न भएमा त्यसको समाधानको जिम्मेवारी लिने ।

पार्टी हितलाई ध्यानमा राखी आवश्यकताअनुसार विभिन्न समिति, उपसमिति, निकाय, विषयगत समिति वा विभागको गठन वा पुनर्गठन गर्ने ।

पार्टी कोष संकलनको प्रबन्ध गर्ने गराउने ।

पार्टी हितलाई ध्यानमा राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको सम्पर्क एवं सम्बन्धलाई विस्तार गर्ने ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्