प्रतिबन्धित भारतीय रुपैयाँको कारोबार गर्ने गिरोह रुपैयाँसहित पक्राउ


 



काठमाडौं, असार २८
भारतले प्रतिबन्ध गरेको ४९ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले राजधानीको खुशीबु लिङ्क रोडबाट पक्राउ गरेको छ ।

केन्द्रीय अनुसधान व्युरोको प्रहरी टोलीले रामेछाप खाँडादेवी गाउँपालिका–८ का ३७ वर्षीय मानबहादुर लामा र काठमाण्डौ महानगरपालिका–१५ का ३० वर्षीय अमित डंगोल पक्राउ गरेको छ ।

बिगत केही समयदेखि अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्यका साथ प्रतिबन्धित रुपैयाँको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरु प्रक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले नेपाल तथा बिशेष गरी भारतबाट नेपालका विभिन्न नाकाहरूबाट अबैध तरिकाले प्रतिबन्धित भारतीय ५०० र १००० रुपैयाँ नेपालमा भित्र्याएर देशका विभिन्न ठाउँमा अबैध कारोबार गरिरहेका थिए ।

पक्राउ परेका उनीहरुलाई रुपैयाँसहित राजश्व अनुसन्धान बिभाग, पुल्चोक ललितपुरमा बुझाइएको केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् ।

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्