बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी


 


काठमाडौं, असार २७

नेपाल र बंगलादेशबीच मंगलबार भएको २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई १ शून्यले पराजित गरेको छ ।

सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउन २० औं मिनेटमा कप्तान विमल घर्तीमगरले गोल गरे । अन्जन विष्टको पासलाई घर्तीमगरले गोल गरे ।

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलको रूपमा बङ्गलादेशको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्