गृहमन्त्री शर्मा किन गए श्रीलंका ?


 



काठमाडौं, असार २७
गृहमन्त्री जनार्दन शर्मा मंगलबार सार्क गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन श्रीलंका प्रस्थान गरेका छन् । बैठकमा मन्त्री शर्माले नेपालको समसामयीक गतिविधी, प्राप्त उपलब्धिलगायतबारे भइरहेको कामको जानकारी दिनेछन् ।

बैठकमा आतंकवाद, मानव बेचविखन तथा ओसारपसार, भ्रष्टाचार, लागुऔषध ओसारपसार, साइबर क्राइम लगायत विषयमा पनि छलफल हुनेछ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले भने, ‘अपराध नियन्त्रणमा कसरी सहजता ल्याउने भन्नेबारे छलफल हुनेछ । बिभिन्न स्तरका क्राइमहरु जस्तै लागुऔषध, आतंकवाद लगायतका विषयहरुमा छलफल हुने एजेन्डाहरु छन् ।’

मन्त्री शर्मासंगै गृहसचिव लोकदर्शन रेग्मी, प्रवक्ता दीपक काफ्ले र स्वकीय सचिव गोपाल शर्मा श्रीलंका प्रस्थान भएका छन् । मन्त्री शर्मा सहितको टोली आउँदो ३० गते स्वदेश फर्किने कार्यक्रम रहेकोे छ ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्