मूख्यसचिव सुबेदीको आज विदाई हुँदै, राजीनामा कहिले ?


 



काठमाडौं, असार २७
नेपाल सरकारका मूख्यसचिव सोमलाल सुबेदीको मंगलबार विदाई हुँदैछ । चार बजे बस्ने सचिवहरुको बैठकबाटै मूख्यसचिव सुवेदीको विदाई हुन लागेको हो ।

आफ्नो एकवर्षे पदावधि बाँकी रहँदै मुख्य सचिव सोमलाल सुवेदी एसयाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको विदाई गर्न लागिएको हो ।

मूख्यसचिव सुवेदी एडिबीको वैकल्पिक निर्देशकका रुपमा साउन १ गतेखि कार्याभार सम्हाल्न फिलिपिन्सको मनिलाथित एडिबी मुख्यालय मनिला जाने भएका छन् । मूख्यसचिवका रुपमा उनको कार्याकाल १९ साउन २०७५ सम्म थियो ।

उनको आज विदाई हुने भएपनि राजीनामाको टुंगो भने लागिसकेको छैन । यदि मूल्यसचिव सुबेदीले २८ गतेभित्र राजीनामा दिएमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव धनबहादुर तामाङ मूख्यसचिवको लाइनमा बस्नेछन् ।

त्यस्तै, सहहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, अर्थसचिव शान्तराज सुवेदी, शिक्षाविद शान्तबहादुर श्रेष्ठ, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो, बाणिज्य सचिव ईन्द्रप्रसाद उपाध्या, गृहसचिव लोकदर्शन रेग्मी र पर्यटनसचिव शंकर अधिकारी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्