तीन दलको बैठक : प्रधानमन्त्रीको प्रस्ताव एमालेद्वारा अस्वीकार


 



काठमाडौं, असार २७
संविधान संशोधनमा सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ ।

आज विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले प्रधानमन्त्री देउवाले एमालेलाई संविधान संशोधनमा सघाउन प्रस्ताव गरेका हुन् ।

देउवाले राजपालाई चुनावमा ल्याएर तेस्रो चरणको चुनाव सहज र समयमै सम्पन्न गर्न संविधान संशोधनको आवश्यकता औंल्याएका थिए ।

प्रधानमन्त्री देउवाको प्रस्तावपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले यथास्थितिमा संविधान संशोधनमा सहयोग गर्न नसकिने जवाफ फर्काए । उनले तीनवटै तहको चुनाव गरिसकेपछि मात्रै संविधान संशोधनका बारेमा छलफल गर्न सकिने बताए ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्