नेपाल र बंङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल


 


काठमाडौं, असार २७
यु–२३ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

मुख्य प्रशिक्षक राजुकाजी शाक्यले एसियन कप छनोट खेलका लागि मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताए । कप्तान विमल घर्ती मगरले १६ वर्षमुनि र १९ वर्षमुनि टोलीमा समावेश खेलाडी सहभागी भएकाले पनि तयारी राम्रो रहेको बताए ।

नेपालको तर्फबाट विमल घर्तीमगर, अनन्त तामाङ, हेमन्त थापामगर, एलन नेउपाने, कमल श्रेष्ठ, दिनेश राजबंशी, अञ्जन बिष्ट र सुनिल बललगायतका खेलाडी मैदानमा उत्रिँदै छन् ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्