तीन बालबालिकाको मृत्यु रहस्यमय, कांग्रेस भोजपुरको ध्यानाकर्षण


 


भोजपुर, असार २७

नेपाली काँग्रेस भोजपुरले तीन बालबालिकाको मृत्युको रहस्य चाँडो पत्ता लगाउन जोडदार माग गरेको छ ।

गत असार १२ गते भोजपुरको मरेङडाँडामा मृत अवस्थामा भेटिएका तीन बालबालिकाको हत्या कस्ले र किन गरेको भन्ने अहिलेसम्म पत्ता लगाउन नसकेकाले तत्काल रहस्य पत्ता लगाउन काँग्रेसले प्रेस विज्ञप्तिमार्फत सोमबार जिल्ला प्रशासनसमक्ष ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमार्फत प्रशासनलाई चाँडोभन्दा चाँडो अपराधी पक्राउ गरी कारबाही गर्न माग गरेको छ । यता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले खोजी कार्य तीव्ररुपमा भइरहेको बताउनुभयो । अनुसन्धान विभागको क्षेत्रीय टोलीले समेत अनुसन्धान गरिरहेको बताइएको छ ।

मृत भेटिएका बालबालिका अरुण गाउँपालिका–३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल रहेका थिए । रासस

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्