तानसेनमा विहानै प्रेसर कुकर बम विस्फोट, वातावरण त्रसित


 



पाल्पा, असार २७
पाल्पाको तानसेनमा विहानै बम विस्फोट भएको छ । मंगलबार विहान ४ बजेको समयमा भगवतिटोलस्थित आँखासिविर नजिकै प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले राखेको बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन । आज विप्लव समूह नेकपाले नेपाल बन्दै आह्वान गरेकै दिन बम विष्फोट भएकाले विप्लवकै कार्यकताले बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ । बम विस्फोटपछि वातावरण त्रसित बनेको छ भने व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: २७ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्