बालुवाटार छलफलपछि राप्रपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं, असार २५
सत्तारुढ दलसंग शनिबार बालुवाटारमा भएको बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।
बैठकमा संविधान संशोधन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने जनाइएको छ।
बलुवाटार बैठकमा संविधान संशोधन र सरकारमा सहभागिता बारे छलफल भएको थियो । जुन बैठकमा राप्रपा सकारात्मक देखिएको थियो ।
प्रकाशित मिति: २५ असार २०७४, आइतबार