स्थानीय तहको पहिलो बजेट आज, निर्वाचन नसकिएको ठाउँमा के हुन्छ ?


 


काठमाडौं, असार २५
स्थानीय तहले आफ्नो पहिलो बजेट आइतबार सार्वजनिक गरिँदैछ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशनअनुसार असार २५ गते पहिलो बजेट स्थानीय व्यवस्थापिका (गाउँरनगर सभा) मा पेस गर्नुपर्ने भएको हो ।

वर्षभरि हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट हुनेछ । अाजकाे कान्तिपुरमा खबर छ ।

मन्त्रालयका सचिव दिनेश थपलियाले केही स्थानीय तहबाहेक अधिकांशमा बजेट आज पेस हुँने जानकारी दिए । गाउँ र नगर सभामा पेस भएको बजेट असार मसान्तसम्म पास गरिसक्नुपर्ने छ ।

‘कानुन नभई निर्दे्शिकामार्फत २५ गते बजेट ल्याउनु भनेकाले प्राविधिक कठिनाइका कारण केही स्थानीय तहले एक/दुई दिनपछि पनि बजेट सार्वजनिक गर्न सक्छन्,’ उनले भने, ‘अधिकांशको तयारी २५ गतेकै लागि छ ।’

पहिलो र दोस्रो चरणको निर्वाचन भई मतगणना भइनसकेका ५ वटा स्थानीय तह र निर्वाचन हुन बाँकी प्रदेश २ मा भने कामचलाउ बजेट पेस हुनेछ ।

प्रदेश २ का सर्लाही, सप्तरी, धनुषा, सिरहा, रौतहट, बारा, महोत्तरी र पर्साका स्थानीय तहका लागि सरकारले ३७ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । निर्वाचित निकाय नपाउन्जेलसम्म सरकारले विनियोजन गरेको रकम थन्किने छ।

प्रकाशित मिति: २५ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्