भोजपुरमा ट्याक्सी दुर्घटना, ९ जना घाइते ४ को अवस्था गम्भिर


 


भोजपुर, असार २४

घोरेटारबाट यात्रु लिएर भोजपुर आउदै गरेको ग १ ज ८७ १८ नम्वरको ट्याक्सी आज भोजपुर नगरपालिका – १२ मालवासेमा दुर्घटना भएको छ ।

दुर्घटनामा परि ९ जना घाइते भएका छन् । घाइते मध्ये ४ जना गम्भिर भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

गम्भिर घाइते हुनेमा हतुवागढी १ का ५४ वर्षिय लाल वहादुर वस्नेत, वडा नं ४ का ४६ वर्षिय कृपालशिं राई, वडा नं २ की सुख माया राई र वडा नं १ का सुर्य वहादुर राई रहनु भएको छ ।

गम्भिर घाइते ४ जनालाई धरान रिफर गरिएको छ । त्यस्तै वडा नं ५ का ४२ वर्षिय ज्ञान राज खुलाल, वडा नं ८ का ६० कृष्ण प्रसाद राई र वावुराम भण्डारी र वडा नं ६ का ६२ वर्षि शुक्र वहादुर राई वडा नं ८ ३९ वर्षिय श्री बहादुर राई को अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । ट्याक्सी ब्रेक फेला भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्