सेयर बजारमा दुई अर्ब बढीको कारोबार
काठमाडौँ, २४ असार
धितोपत्र बजारमा यस साता दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो ।
गत साता १६० कम्पनीको कारोबार भएको थियो । गत साता एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरका ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२९ अङ्कले बढेर अन्तिम दिन एक हजार ५८२.११ अङ्कमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.१७ अङ्कले बढेर ३३६.१ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
सो कम्पनीको २१ करोड १५ लाख २० हजारको कारोबार भएको स्टकले जनाएको छ ।
कारोबार भएको सेयर सङ्ख्याको आधारमा एनआइबिएल समृद्धि फन्ड एक अग्रस्थानमा रहेको छ । सो फन्डको ११ लाख २० हजार कित्ता सेयर कारोबार भएको थियो । रासस
प्रकाशित मिति: २४ असार २०७४, शनिबार