प्रमुख र उपप्रमुख पदमा कुन दल कति स्थानमा विजयी ? (विवरणसहित)


 



काठमाडौं, असार २४
स्थानीय तह विर्वाचन अन्तर्गत दोस्रो चरणको निर्चुवाचनमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओबादी केन्द्र तेस्रो स्थानमा देखा परेका छन् । त्यसमध्ये कुन दलले कति स्थानमा प्रमुख र उपप्रमुखमा जित हात पारेका छन् ? यस्ताे छ पार्टीगत विवरण :

नेपाली कांग्रेस
देशको ठूलो दल नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा दोस्रो स्थानमा झरेको छ। अहिलेसम्म देशभरमा १२१ तहको प्रमुख पदमा जित हात पारेको छ ।

जसमा ४४ वटा नगर छन् भने ७७ गाउँपालिका छन् । त्यस्तै, ३४ नगर र ७१ गाउँपालिकामा गरेर जम्मा १०५ तहको उपप्रमुख पदमा विजयी भएको छ ।

नेकपा एमाले
देशको दोस्रो ठूलो दल नेकपा एमाले नेपाली कांग्रेसलाई पछार्दै पहिलो स्थानमा पुगेको छ । अहिलेसम्म जम्मा १४८ स्थानीय तहको प्रमुख पदमा विजयी हाँसिल गरेको छ ।

जसमध्ये ५४ नगर छन् भने ९४ गाउँपालिकामा छन् । त्यस्तै, ६४ नगर र १०४ गाउँपालिका गरेर जम्मा १६८ स्थानमा उपप्रमुखमा विजयी भएकाे छ ।

माओबादी केन्द्र
देशकै तेस्रो ठूलाे दल नेकपा माओबादी केन्द्र स्थानीय तहको चुनावमा पनि अहिलेसम्म तेस्रो स्थानमा देखिएको छ। माओवादी केन्द्रले यसपटक ३८ स्थानीय तहको प्रमुख पदमा विजयी हाँसिल गरेको छ ।

जसमा १० नगर र २८ गाउँपालिका छन् । त्यस्तै, ११ नगर र २८ गाउँपालिका गरेर ३९ स्थानीय तहको उपप्रमुखमा विजयी भएकाे छ ।

नयाँशक्ति–संघीय समाजबादी
बाबुराम भट्टराई नेतृत्वकाे नयाँशक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरमबीचको गठबन्धनले स्थानीय चुनावमा विभिन्न आठ ठाउँमा जित हात पारेको छ ।

प्रमुख पदमा जितेका सबै गाउँपालिका हुन् । त्यस्तै, एक नगरपालिका र सात गाउँपालिका गरेर सात स्थानमा उपप्रमुखमा विजयी भएकाे छ ।

नेपाल लोकतान्त्रिक फोरम
नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तहको चुनावमा विभिन्न ६ तहको प्रमुख पदमा जित हात पारेको छ । जसमध्ये एक नगरपालिका छ भने बाँकी पाँच गाउँपालिका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी
दोस्रो चरणको निर्वाचन सम्पन्न हुँदासम्म देशको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावमा भने धक्का खाएको छ । स्थानीय चुनावमा राप्रपा छैटौं स्थानमा देखा परेको छ ।

राप्रपाले यो निर्वाचनमा एक उपमहानगरपालिकासहित तीन गाउँपालिका गरि जम्मा चार तहकाे प्रमुख पदमा विजयी हाँसिल गरेको छ । त्यस्तै, राप्रपा दुई गाउँपालिकाकाे उपप्रमुखमा विजयी भएको छ ।

राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चाले स्थानीय तहको चुनावमा दुई स्थानमा विजयी हाँसिल गरेको छ। जनमोर्चाले दुई गाउँपालिकाको प्रमुखमा जित हात पारेको हो ।

ती दुई स्थान पार्टी अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्ला प्युठानकै झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिका हुन् । जनमोर्चाले गुल्मी र प्युठानमा गरेर तीन गाउँपालिकाको उपप्रमुखमा जित हात पारेको छ।

राजपा (स्वतन्त्र)
चुनाव बहिस्कार भन्दै स्थानीय तहको चुनावबाट बाहिरै बसेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्वतन्त्र उम्मेदवार उठाउँदै दुई स्थानमा विजयी हाँसिल गरेको छ।

राजपाले एक नगरपालिका र एक गाउँपालिकामा जितेको छ । जसमा रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिका छन् ।

स्वतन्त्र
स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका एक जना प्रमुख पदमा विजयी भएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार रजतप्रताप साह नगरप्रमुख भएका छन् ।

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्