इटहरी उपमहानगरपालिकामा एमाले विजयी


 


इटहरी, असार २३

इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएका छन् । मेयर पदका लागि भएको प्रतिस्पर्धामा एमालेका द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी बनेका हुन् ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २२ हजार १ सय ४२ मतका साथ विजयी बनेकी छिन् । एमालेले इटहरीमा कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पारेको छ ।

विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत पाएका छन् । त्यसैगरी उपमेयरमा कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत पाएकी छिन् ।

पूर्वाञ्चलको महत्वपूर्ण शहरका रुपमा रहेको इटहरी उपमहानगरपालिकाकामा पाएको जितले सुनसरीका एमाले जनमाा खुशियाली छाएको छ ।

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्