नतिजा आउन बाँकी १७ स्थानीय तहः कहाँ कसको अग्रता ?


 



काठमाडौं, असार २२
स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये अब १६ स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ ।

३१७ स्थानको मतगणना सकिएको छ । अहिलेसमको नजिताअनुसार एमाले १४२ स्थानीय तहमा विजयी हुँदै पहिलो स्थानमा छ ।

११७ स्थानीय तह जित्दै नेपाली कांग्रेस दोस्रो र ३७ स्थानमा जित हासिल गर्दै माओबादी केन्द्र तेस्रोमा छ ।

त्यस्तै, संघीय समाजवादी फोरमले सात र लोकतान्त्रिक फोरमले ६ स्थान जितेर चौथो र पाँचौं स्थानमा छन् ।

एक उपमहानगरसहित राप्रपाले ४ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले दुई र स्वतन्त्रले दुई स्थानमा जित हासिल गरेका छन् ।

कसको कहाँ अग्रता ?

एमाले
धरान उपमहानगरपालिका, सुनसरी
इटहरी उपमहानगरपालिका, सुनसरी
त्रियुगा नगरपालिका, उदयपुर
दमक नगरपालिका, झापा
शिवसाक्षी नगरपालिका, झापा
अर्जुनधारा नगरपालिका, झापा
मेचीनगर नगरपालिका, झापा
धनपालथान गाउँपालिका, मोरङ

कांग्रेस
विराटनगर महानगरपालिका, मोरङ
धनगढी उपमहानगरपालिका, कैलाली
भीमदत्त नगरपालिका, कञ्चनपुर
बेलका नगरपालिका, उदयपुर
बुद्धशान्ति गाउँपालिका ,झापा
पुनर्वास नगरपालिका, कञ्चनपुर

माओवादी
रंगेली नगरपालिका, मोरङ

संघीय समाजबादी फोरम
कोटहीमाई गाउँपालिका, रुपन्देही

स्वतन्त्र
लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देही

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्