झापाको बिर्तामोड नगरपालिकाको मेयर बने ध्रुब


 


झापा, असार २२
झापाको बिर्तामोड नगरपालिकामा एमाले विजयी भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोड नगरपालिकामा एमालेले मेयर र उपमेयर दुवैमा जित हात पारेको हो ।

मेयरमा एमालेका ध्रुव शिवाकोटी ९ हजार ११० मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जलकुमार गुरुङले ८ हजार २१७ मत ल्याए ।

उपमेयरमा एमाले उम्मेदवार पवित्रा महतरा प्रसाई विजयी भएकी छन्। उनले १० हजार ४ सय ३७ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पार्वता गिरीले ९ हजार ११ मत प्राप्त ल्याइन् ।

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्