बुटवल उपमहानगरपालिकामा एमाले विजयी
बुटवल, असार २१
बुटवल उपमहानगरपालिकामा मेयर र उपमेयर पदमा एमाले विजयी भएको छ । एमालेका मेयर उम्मेदवार शिव सुवेदीले २३२४९ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका प्रतिष्पर्धी कांग्रेसका खेलराज पाण्डेले २०८५४ मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार गोमा आचार्यले २५३०१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उपमेयरमा माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार जगत पोख्रेलले १४७९२ मत प्राप्त गर्नुभयो । बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेका थिए ।
प्रकाशित मिति: २१ असार २०७४, बुधबार