चुनाव हारेकाे भन्दै उम्मेदवारले गरे आफ्नै श्राद्ध
हेटौंडा , असार २१
स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ती गरेको भन्दै हेटौंडाका उपमहागरपालिकाका मेयर पदका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् । मंगलबार हेटौडा पाँच स्थित सानोपोखरामा मेयर पदमा उम्मेदवार राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् ।
२०७२ असोज ३ गते जारी संविधान मरिसकेको भनेर उनले पटकपटक विभिन्न ठाउँमा संविधान कार्यान्वयनका लागि भएको स्थानीय तह निर्वाचनमा उनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
हेटौंडा २ का शर्माले आफुलाई आफैले हालेको मतमसमेत मतगाणनाको बेला हराएपछि चर्चाको विषय बनेको थियो । अन्नपूर्ण पाेष्ट
प्रकाशित मिति: २१ असार २०७४, बुधबार