बेलवारी नगरपालिकामा एमाले विजयी


 


उर्लाबारी,  असार २१

मोरङको बेलबारी नगरपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका ज्ञानेन्द्र सुवेदीले १० हजार ७८४ मत ल्याएर प्रमुख पदमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार लिम्बूले १० हजार ५८३ मत ल्याउनु भएको थियो ।

उपप्रमुखमा एमालेका ढाकाकुमारी पराजुली ११ हजार ३२२ मत ल्याउँदै विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकाकी रुक्मिणी धिमालले १० हजार ९२२ मत ल्याउनु भएको थियो । रासस 

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्