३०३ तहको नजिजा : १३२ तहसहित एमाले पहिलो, कांग्रेस–माओबादीको स्थान कहाँ ?


 


काठमाडौं, असार २१
स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा भएको निर्वाचनमा अहिलेसम्म नेकपा एमाले अग्रस्थानमा रहेको छ ।

दोस्रो चरणमा निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये ३०३ स्थानको नतिजा सार्वजनिक हुँदा एमाले १३२ स्थानमा विजयी भएको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले ११५ स्थानमा जित हासिल पारेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ ।

यस्तै, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिकले ६÷६ स्थानमा जित हासिल गरेका छन् । राप्रपा ४ स्थानमा विजयी भएको छ । राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्रले २ स्थानमा जित हासिल गरेका छन् ।

जारी मतगणना अनुसार विराटनगर महानगरमा कांग्रेसले अग्रता कायमै राखेको छ । उपमहानगरमध्ये तुल्सीपुर, इटहरी, धरान र बुटवलमामा एमालेले अग्रता कायमै राखेको छ ।

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । अब जम्मा ३० स्थानको नतिजा आउन बाँकी छ ।

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्