झापाको गौरादहको मेयरमा कांग्रेस र उपमेयरमा एमाले


 


दमक, असार २१
झापाको गौरादह नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उप्रमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका रोहित शाह १० हजार ३ सय ८ मत प्राप्त गरी मेयरमा निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मदन अधिकारीले ९ हजार ८ सय ५४ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी गीता भेटवाल १० हजार ६ सय २० मतसहित विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुमित्रा कुमारी खरेलले ७ हजार ९ सय ११ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्