झापाको गौरीगञ्चको अध्यक्ष बने राप्रपाका बाबुराजा


 



झापा, असार २१
झापाको गौरीगञ्ज गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)विजयी भएको छ । राप्रपाका बाबुराजा श्रेष्ठ ३ हजार ७ सय ४० मत ल्याउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

उनका निकटम प्रतिद्वन्दी कांग्रेसका फूलवती राजवंशीले ३ हजार ४ सय ५३ मत प्राप्त गरिन् । यससंगै राप्रपाले झापामा तीन स्थानीय तहमा जित हात पारेको छ ।

उपप्रमुखमा भने कांग्रेसका दिपेन्द्र थापा विजयी भएका छन् । उनले ३ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी एमालेकी उम्मेदवार मोनिका राईले २ हजार ८ सय १७ मत ल्याइन् ।

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्