बिराटनगरमा यसरी बढ्दैछ कांग्रेसको अग्रता, कसको कति मत ?


 



बिराटनगर, असार २१

दोस्रो चरणमा निर्वाचन भएको एकमात्रै महानगरपालिका बिराटनगरमा कांग्रेसले आफ्ना प्रतिपर्धीसंगको मतान्तर बढाउँदै लिएको छ ।

पछिल्लो मतपरिणामअनुसार कांगे्रसका भीम पराजुली ९ हजार ५११ मतसहित अग्रस्थानमा छन् । उनी निकटतम प्रतिद्वन्द्वी एमाले र लोकतान्धिक फोरम गठबन्धनका विनोद ढकाल भन्दा २ जजार ६५८ मतले अगाडि छन् । ढकालले ६ हजार ८५३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, माओबादी केन्द्र र समाजबादी फोरम गठबन्धनका उमेश यादवले ५ हजार ६३० मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि कांग्रेसकै पक्षमा बढी मत देखिएको छ । यसमा कांग्रेसको पक्षमा ७ हजार ९९१, एमाले गठबन्धनमा ४ जहार ११३ र माओबादी गठबन्धनमा  ४ हजार ६२ मत खसकेको छ ।

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्