कैलालीमा एमाले अगाडि, कसले कति जित्यो ?


 


धनगढी, असार २१
कैलालीमा भएका १३ स्थानीय तहमध्ये अहिलेसम्म १२ तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । यसमध्ये एमाले सात तहमा जित हाँसिल गर्दै पहिलो स्थानमा आएको छ ।

त्यस्तै, काँग्रेसले दुई, माओवादी केन्द्रले दुई र लोकतान्त्रिक फोरमले एक तहमा जितेका छन् । अब धनगढी उपमहानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ । यहाँ स्वतन्त्र उम्मेदवार गोपाल हमाल अग्रस्थानमा छन् ।

आज विहानको मतपरिणामअनुसार उनले ७ हजार ९६ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका नृप ओडले ६ हजार ८५२ र नेकपा एमालेका दुर्गा जोशीले ५ हजार २३ मत प्राप्त गरेका छन् । माओमादी केन्द्रका रामसमझ चौधरीले ४ हजार ५५४ मत प्राप्त गरेका छन् ।

यहाँ प्रतिशपर्धामा रहेका तीनवटै उम्मेदवारले आफ्नो जित हुने बताइरहेका छन् ।

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्