धनगढीमा रोचक प्रतिशपर्धा, कांग्रेस र स्वतन्त्र उम्मेदवारको मत बराबर


 



धनगढी, असार २०
धनगढीमा नेपाली कांग्रस र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिशपर्धा भइरहेको छ ।

सुरुवाती मतगणनमा अग्रता कायम गरेका स्वतन्त्र उम्मेदवार गाेपाल हमाल मध्यतिर  तेस्रोमा झरेपनि अहिले पहिलोमा रहेको कांग्रेससंगकाे प्रतिशपर्धामा पुगेका छन् ।

पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार गाेपालल हमाल र कांग्रेस उम्मेदवार नृप ओडबीचको मत बराबर भएको छ । मंगलबार बिहानको मतपरिणाममा दुबै उम्मदेवारले ५ हजार १ सय ४७ मत ल्याएका छन् ।

एमालेबाट मेयरका उम्मेदवार दुर्गा जोशी तेस्रो स्थानमा रहेका छन् । उनले अहिलेसम्म्म ३ हजार ९ सय ५५ मत मात्र पाएका छन् । त्यस्तै चौथो स्थानमा रहँदै माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले २ हजार ९ सय ३३ मतका पाएका छन् ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्