तिलोत्तमा नगरपालिकाको मतगणना स्थगित


 


रुपन्देही, असार २०
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नम्बर ७ को मतपेटिकामा मुचुल्का गरेको मत भन्दा बढी मत देखिएपछि विवाद  उत्पन्न हुदा मतगणना रोकिएको हो ।

राजनीतिक दलले मुचुल्का भन्दा बढी मत कसरी आएको भन्दै विवाद सृजना गरेपछि मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत नेत्रप्रसाद भुसालले जानकारी दिए ।

वडा नम्बर ७ मा ३ हजार ८१० मत खसेको र सोहीअनुसार मुचुल्का बनाइएको भएपनि मतगणनाका क्रममा ११ मत अर्थात ३ हजार ८२१ भेटिएको दलहरुले बताएका छन् ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्