भोजपुरमा गजेन्द्र कार्की ज्येष्ठ, किरण राई कान्छो जनप्रतिनिधि, कस्को उमेर कति ?


 


भोजपुर, असार २०
भोजपुरमा स्थानीय तह निर्वाचनको परिणाम आइसकेको छ । युवा उम्मेदवारको बाहुल्य रहेको यहाँ प्राप्त परिणाम अनुसार पनि युवाहरु नै धेरै निर्वाचित भएका छन् ।

दुई नगरपालिका र सात गाउँपालिकामा निर्वाचित मेयर उपमेयर र प्रमुख उपप्रमुख गरेर १८ जना निर्वाचित भएका छन् । यहाँ गजेन्द्रबहादुर कार्की ज्येष्ठ जनप्रतिनिधिमा निर्वाचित भएका छन् ।

अरुण गाउँपालिका प्रमुखमा निर्वाचित कार्कीको उमेर ५९ बर्ष पुग्यो । कार्की नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

त्यस्तै किरण राई जिल्लाको सबैभन्दा कान्छो जनप्रतिनिधिमा निर्वाचित भएका छन् । पौवादुङ्मा गाउँपालिकामा एमालेबाट प्रमुखमा निर्वाचित भएका राईको उमेर ३५ बर्ष पुग्यो । यो उमेर प्रखुमा निर्वाचित जनप्रतिनिधिको मात्र हो ।

महिला उपप्रमुखमा भने ज्येष्ठ इन्द्रवती राई र कान्छी मेरिका राई जनप्रतिनिधिमा चुनिएका छन् ।

यहाँ सबैभन्दा ज्येष्ठ उम्मेदवारमा रबिन्द्र अधिकारी थिए । साल्पा सिलिछो गाउँपालिका प्रमुखमा उम्मेदवार रहेको अधिकारी ६३ बर्षका थिए ।

त्यस्तै कान्छो मेयरको उम्मेदवारमा भोजपुर नगरपालिकामा माओवादी केन्दका उम्मेदवार शरण कुमार तामाङ थिए । तामाङ ३३ बर्षका थिए ।

अरुण गाउँपालिका

गजेन्द्रबहादुर कार्की ५९
विना ढकाल ३९

पौवादुङ्मा गाउँपालिका

किरण राई ३५
सम्झना राई ३१

आमचोक गाउँपालिका

अशोक राई ३६
सिता राई ४७

ट्याम्के मैयुङ गाउँपालिका

ध्रुवराज राई ३५
इन्द्रवती राई ४८

भोजपुर नगरपालिका

कैलाश कुमार आले ३८
ममिता राई ३५

रामप्रसाद राई गाउँपालिका

विजय राई ४५
सम्झना राई ३१
षडानन्द नगरपालिका

वीरबल राई ५४
मेरिका राई ३०

साल्पा सिलिछो गाउँपालिका
महेश राई ४४
धनमाया राई ४४

हतुवागढी गाउँपालिका
प्रेम कुमार राई ५२
चन्द्रमा राई ४२

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्