बुटवल उपमहानगरमा एमालेलाई साढे २ हजार बढी मतको अग्रता


 



बुटवल, असार २०
बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार एमाले २ हजार ५९५ मतले अग्रता कायम गरेको छ । एमालेलाई कांग्रेस–माओबादी गठबन्धनले पछ्याइरहेको छ ।

एमालेका उम्मेदवार शिवराज शिवराज सुबेदीले १७ हजार १७७ मत प्राप्त गरेका छन् भने उनका निटकतम प्रतिद्वन्द्वी कांग्रेस–माओबादी गठबन्धनका खेलराज पाण्डेले १४ हजार ५५८२ मत ल्याएका छन् । पछिल्लो पटक मतान्तर पनि बढ्दै गएको छ ।

एपमेयरमा पनि एमालेको पक्षमा १८ हजार ८०३ मत खसकेको छ भने गठबन्धनको पक्षमा १० हजार २४४ मत मा त्रै खसकेको छ ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्