उदयपुरको कटारीमा एमालेका ज्ञानेन्द्रसामु टिकेनन् कांग्रेसका ज्ञानेन्द्रमान


 



उदयपुर, असार २०
उदयपुरको कटारी नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार ज्ञानेन्द्रमान राउतलाई १७४ मतले पराजित गरे ।

एमालेका ज्ञानेन्द्रले ६ हजार ९०९ मत ल्याएर विजयी भए भने कांग्रेसका ज्ञानेन्द्रमानसिंहले ६ हजार ७ सय ३५ प्राप्त गरे । यस्तै, तेस्रो स्थानमा रहँदै माओवादी केन्द्रका उम्मेदवार केपी बरालले ५ हजार ५ सय ६४ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेकै भीमकुमारी राउत विजयी भएका छन् । उनले ७ हजार ५१७ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मला कार्कीले ५ हजार ८ सय ८७ मत ल्याइन् ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्