अछामको निर्वाचन परिणाम : ५ कांग्रेस, ३ एमाले, २ माओवादी विजयी


 


टेकराज भण्डारी

अछाम, असार १९
अछामका १० वटै तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले २ नगरपालिका सहित ५, एमाले २ नगरपालिका सहित ३ तहमा र माओवादी केन्द्र २ गाउँपालिकामा विजयी भएको छ ।

नेपाली कांग्रेस ५ स्थान सहित बहुमतमा पुगेको छ । जिल्लाका बढी महत्व राख्ने प्रमुख व्यापारिक केन्द्र तथा मेघासिटी रहेको साँफेबगर नगरपालिका र जिल्ला सदरमुकाम रहेको मंगलसैन नगरपालिकामा एमाले बिजयी भएको छ ।

एमाले २ नगरपालिका र १ गाउँपालिका सहति ३ स्थानीय तहमा बिजयी भएको हो । एमालेले चौरपार्टी गाउँपालिकामा १ मतले विजयी हाँसिल गर्न सफल भएको हो ।

नेपाली कांग्रेसले कमलबजार नगरपालिका, बिनायक नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिकामा जित हात पारेका छ ।

बान्नीगढी जयगढ गाउँपालिकामा माओवादी केन्द्रसंगको गठबन्धनबाट कांग्रेसले अध्यक्ष पद जितेको छ भने माओवादी केन्द्रले उपाध्यक्ष पदम जितेको छ ।

माओवादी केन्द्रले रामारोशन गाउँपालिका र मेल्लेख गाउँपालिकामा जित हाँसिल गरेको छ । मेल्लेख गाउँपालिकामा कांगे्रस संगको गठबन्धनमा अध्यक्ष पद जितेको हो भने उपाध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्