नेपालगञ्ज उपमहानगरमा राप्रपाका धवलशम्शेर विजयी, उपमेयरमा कांग्रेस


 



नेपालगञ्ज, असार २०
बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राप्रपा उदय भएको छ । सुरुवातदेखि नै फराकिलो मतअन्तरले अगाडि रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशम्सेर राणा मेयरमा विजयी भएका छन् ।

राणाले १२ हजार ५१५ मत ल्याएर जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८ हजार ७३० मत ल्याए ।

उपमेयरमा भने कांग्रेसकी उमा थापमगर विजयी भएकी छिन् । उनले १० हजार ७३१ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८ हजार ९२४ मत पाइन् ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्