देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा


 


काठमाडौं, असार १९
आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । राजपाले तीन दिन भित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

पार्टीका नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी भित्र छलफल भइरहेको बताउँदै ३ दिन भित्र निर्णय हुने बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनुपर्ने लगायतका माग सम्बोधन गर्न नसकेकोमा सरकारप्रति आक्रोश व्यक्त गर्दै आएको छ ।

नेता सुमनले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले आफनो पार्टी र एमालेबीचमा फाटो ल्याएको खुलासा समेत गरे ।

राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नभए स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पनि भाग नलिने अडान राख्दै आएको छ ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्