झापाको कचनकवल गाउँपालिकामा राप्रापा विजयी


 


बनियानी (झापा), असार १९

झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएका छन् ।

अन्जर आलमले पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कालेन्द्र राजवंशीले पाँच हजार ३५३ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा निमसरी राजवंशीले पाँच हजार ७७४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँकी निकटम् प्रतिद्वन्द्वी काँग्रेसकी गीता खरेल ओडारीले पाँच हजार ७७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, सो गाउँपालिकाको वडा नं १, ३, ५ को वडाध्यक्षमा राप्रपाकै क्रमशः लक्ष्मी यादव ८६०, विजयकुमार राजवंशी ८७७ र महेशलाल गशेणले ८३७ मत प्राप्त गरी विजयी भएका हुन् ।

यसैगरी वडा नं २ र ६ को वडाध्यक्षमा एमालेका क्रमशः मेखबहादुर भट्टराई ६७९ र कुलबहादुर कार्कीले ९८९ मत प्राप्त गरी विजयी भएका छन् ।

वडा नं.४ र ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका क्रमशः परमानन्दसिंह राजवंशीले ७८७ र भरत राजवंशीले ६९५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत देवीबहादुर भण्डारीले जानकारी दिनुभयो ।

कुल २५ हजार ७४९ मतदाता रहेको सो गाउँपालिकामा १९ हजार ५०१ जनाले मतदान गरेका थिए । रासस

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्