दाङको दंगीशरण गाउँपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस


 


दाङ, असार १९
दाङको दंगीशरण गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका भागिराम चौधरी ३ हजार १६१ मतसहित बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका यज्ञरानारायण आचार्यले २ हजार ८४१ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने कांग्रेसकी पीमा खड्का विजयी भएकी छन् । उनले ३ हजार ६७ मत ल्याइन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी सिमा न्यौपानेले २ हजार ९४१ मत पाइन् ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्